काठमाडौं । गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राई आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘केवल तिमी भित्रै’को साथमा आएका छन्।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् । मनि के राई को कोरियोग्राफी रहेको यस भिडियोलाई विनोद विनिरजरा राईले छायांकन र सम्पादन गरेका हुन्। चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।
४ वर्ष अघि स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको स्थापना दिवसको अवसर पारेर भर्चुअल रुपमा एक कार्यक्रम आयोजना गरि बरिष्ठ गायक उदय सोताङ र गायिका मनीला सोताङ मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियो ‘एसएसओजी अफ़िसिएल’ युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।