
काठमाडौं । गायीका नलिना चित्रकार र गायक बेदराज बस्नेतको नयाँ गीत असन बजार बोलको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।
डीपी खनालको शब्द तथा राजनराज शिवाकोटीको संगितमा बनेको उक्त गीतको शनिबार भोलि एक कार्यक्रमकाबीच सार्वजनिक हुने भएको हो ।
उक्त गीतको म्युजिक भिडियोमा अशिना नकर्मी नारायण प्रधान, उशा उप्रेती र कमल साउदको मुख्य प्रस्तुति रहेको छ । यो गीतको म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक सुब्रतराज आचार्यल गरेका छन् ।
म्युजिक भिडियोको छाँयाङ्कन नेपाल र अमेरिकाको विभिन्न क्षेत्रमा गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।