
काठमाडौं । मोडल कुन्साङ बोम्जन र सिम्रन पन्तको अभिनयमा बनेको ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।
गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्देन राइले स्वर दिएका छन् । साधना कुलुङको शब्द रहेको यो गीतमा चन्द्र श्रेष्ठको संगीत छ । गीतको भिडियो कुलेखानीमा छायांकन गरिएको छ । यो भिडियोमा चक्र पुलामीको निर्देशन छ ।
भिडियोमा मनी के राइको कोरियोग्राफी रहेको छ भने विनिरजरा राइको छायांकन र सम्पादन छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।