![](http://thenepalusa.com/wp-content/uploads/2021/09/e0a4b0e0a4aee0a4bee0a487e0a4b2e0a58b-e0a49ce0a58be0a495e0a58de0a4b8-e0a4aae0a58de0a4b0e0a4a4e0a4bfe0a4afe0a58be0a497e0a4bfe0a4a4.jpg)
काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जलिङका अनिल राईले जितेका छन् । फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् ।
त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् । जसमध्ये उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ जित्न सफल भएका छन् ।
त्यस्तै फस्ट रनरअप, सेकेण्ड, थर्ड र फोर्थले क्रमश २ लाख, १ लाख, ५० हजार र २५ हजार रुपैयाँ क्रमश प्रदान गरिएको कार्यक्रमका निर्देशक कमल राईले जानकारी दिए ।
रिदम स्क्रिनका निर्देशक राईका अनुसार कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको हो ।
बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ निर्माणक रहेका कार्यक्रमलाई कोरोना महामारीको समयमा दर्शकले रुचाएको आयोजनले जनाएको छ ।
प्रतियोगिताको फाइनलको अवसरमा गायिका टिका लामिछाने, कार्यक्रमका निर्देशक कमल राई, गायक तथा कार्यक्रमका स्पोन्सर रोशन अधिकारी, गायक किरण गजमेर, गायिका मञ्जु लामा, गायक प्रनिम राईले प्रस्तुती दिएका थिए ।
त्यस्तै कार्यक्रमका मुख्य प्रायोजक तथा नक्षेत्र फाउण्डेसनका सीईओ अर्जुन सुवेदी र उपाधि विजेता अनिल राईले कार्यक्रम प्रभावकारी बनेको बताए । कार्यक्रमको सञ्चालन अमेरिकामा सुनिता गुरुङले र नेपालमा राधिका कँडेलले गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।