
काठमाडौं । गायक प्रताप दासको दिनानुदिन संगीत बजारमा चर्चा बढ्दो छ। उनको स्वरमा समावेश दर्जनौ गीतहरु स्रोता माझ लोकप्रिय छन्। हिजो मात्रै उनको एकल स्वरमा रहेको नयाँ गीत बजारमा आएको छ।
‘रिसाउ न त रिसाउ’ बोलको यस गीतमा गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्। अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ।
म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।