
एजेन्सी । बेङ्गलोरमा केही सिरियल र कन्नड फिल्ममा अभिनय गरेकी अभिनेत्री सौजन्याले आत्महत्या गरेकी छन् ।
केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले बेङ्गलोर अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेकी हुन् । बिहिबार बिहान अपार्टमेन्टमा उनी मृत भेटिएको जनाइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार प्रहरीले उनको शवसंगै सुसाइड नोट भेटेको छ ।
उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युमा अरु कोही पनि जिम्मेवार नरहेको बताएकी छन् । उनले आफ्ना आमाबुवालाई माफी पनि मागेकी छन् ।
उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको तर जीवनमा आफूले भोगेकी कुराहरुले आफूलाई मानसिक रुपमा तनाव भने दिएको नोटमा लेखेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।