![](http://thenepalusa.com/wp-content/uploads/2021/09/e0a495e0a4a8e0a58de0a4a8e0a4a1-e0a485e0a4ade0a4bfe0a4a8e0a587e0a4a4e0a58de0a4b0e0a580-e0a4b8e0a58ce0a49ce0a4a8e0a58de0a4afe0a4bee0a4b2.jpg)
एजेन्सी । बेङ्गलोरमा केही सिरियल र कन्नड फिल्ममा अभिनय गरेकी अभिनेत्री सौजन्याले आत्महत्या गरेकी छन् ।
केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले बेङ्गलोर अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेकी हुन् । बिहिबार बिहान अपार्टमेन्टमा उनी मृत भेटिएको जनाइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार प्रहरीले उनको शवसंगै सुसाइड नोट भेटेको छ ।
उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युमा अरु कोही पनि जिम्मेवार नरहेको बताएकी छन् । उनले आफ्ना आमाबुवालाई माफी पनि मागेकी छन् ।
उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको तर जीवनमा आफूले भोगेकी कुराहरुले आफूलाई मानसिक रुपमा तनाव भने दिएको नोटमा लेखेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।