![](http://thenepalusa.com/wp-content/uploads/2021/09/e0a49ce0a4ac-e0a4b8e0a4bee0a4b0e0a4be-e0a485e0a4b2e0a580-e0a496e0a4bee0a4a8e0a4b2e0a587-e0a4b9e0a4bee0a4a4-e0a49ce0a58be0a4a1e0a587.jpg)
काठमाडौं । कमेडियन कपिल शर्माको शोमा कयौं रोचक रहस्यहरु पनि खुल्ने गरेका छन् । द कपिल शर्मा शोको एउटा पुरानो भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ, जहाँ ब्लकबस्टर निर्देशक रोहित शेट्टीले स्टारकिड सारा अली खानको बारेमा रोचक खुलासा गरेका छन् ।
सोसल मिडियामा छाइरहेको उक्त भिडियो ‘सिम्बा’ फिल्मको प्रोमोशनको दौरानको हो । उक्त भिडियोमा कपिल शर्मा र अभिनेता रणवीर सिंह पनि देखिएका छन् । उक्त भिडियोमा अभिनेत्री सारा अली खानको बारेमा निर्देशक रोहित शेट्टीको खुलासा साच्चिकै आश्चर्यजनक छ । यो भिडियो २०१८ को हो ।
द कपिल शर्मा शोमा कुराकानी गर्दै रोहित शेट्टीले भनेका छन्, ‘मलाई लाग्यो सैफ अली खान र अमृता सिंहको छोरी । जसको चार–पाँच अंगरक्षक होलान् । दुई/तीन जना म्यानेजर होलान् । म्यानेजरको पनि म्यानेजर होलान् । हुन्छ कि नयाँ कल्चर ।’
‘यो केटी आउँदा स्नेहा मेरो चिफ एडी थिइन् । मैले सोधेँ कि उनी कोसँग आएकी छिन ? उनले भनिन्, उनी एक्लै आएकी छिन् सर । मैले भित्र आउन भने’, रोहित शेट्टीले थप भने, ‘उनले हात जोडेर भनिन् कि ‘सर मलाई काम दिनुहोस् ।’ सैफ अली खानकी छोरीले यस्तो गरिन् । मलाई रुन मन लाग्यो । मैले भने तपाइँ पिक्चर गर्नुहोस् ।’
सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’ थियो, जसमा उनी स्व. अभिनेता सुशांत सिंह राजपूतको साथमा देखिएकी थिइन् । त्यसपछि उनी रणवीर सिंहसँग ‘सिम्बा’मा देखिएकी थिइन् । अभिनेत्री साराको पछिल्लो समय रिलिज भएको फिल्म ‘कुली नम्बर १’ थियो जुन ओटीटीमा रिलिज भएको थियो ।
सारा अली खानको आगामी फिल्म ‘अतरंगी रे’ हो । आनन्द एल रायको यो फिल्ममा उनी अक्षय कुमार र धनुषको साथमा मुख्य भूमिकामा छिन् ।
Definition of ‘Struggle’ for Star Kids! pic.twitter.com/xCmGpJt5wL
— Bhaiyyaji (@bhaiyyajispeaks) August 19, 2020
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।