![](http://thenepalusa.com/wp-content/uploads/2021/09/e0a485e0a4ade0a4bfe0a4a8e0a587e0a4a4e0a58de0a4b0e0a580e0a4a6e0a58de0a4b5e0a4af-e0a486e0a4a8e0a4be-e0a4b0-e0a489e0a4aae0a4bee0a4b8.jpg)
काठमाडौं । अभिनेत्रीद्वय आना शर्मा र उपासना सिंह ठकुरी एउटै फिल्ममा देखिने भएका छन् । ‘जेरी’ फेम अभिनेत्री आना शर्मा र ‘क्याप्टेन’फेम अभिनेत्री उपासना सिंह ठकुरी ‘योलो’ फिल्ममा सँगै देखिने भएका हुन् ।
मित्रताको कथा बोल्ने ‘योलो’लाई विवेक सुवेदीले निर्देशन गर्दैछन् । फिल्मलाई इटालीमा छायाङ्कन गरिने निर्माण टिमले जनाएको छ । जसको लागि भिसाको तयारी चलिरहेको बताइएको छ ।
अक्टोवरको अन्त्यबाट फिल्मको छायाङ्कन सुरु गरिने बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।