![](http://thenepalusa.com/wp-content/uploads/2021/09/e0a495e0a583e0a4b6e0a4b2-e0a4b0-e0a4b8e0a4aee0a580e0a495e0a58de0a4b7e0a4bee0a495e0a58b-e0a4aee0a4bee0a4afe0a4bee0a495e0a58b.jpg)
काठमाडौं । गीत तथा गजल लेखनमा लामो समयदेख सक्रिय रहँदै आएका गीतकार हुन् नृपेश उप्रेती । यतिबेला नृपेशको शब्दमा रोमान्टिक गीत ‘मायाको पोको’ सार्वजनिक भएको छ ।
तिलक कट्टेलको संगीत रहेको यस गीतमा कृशल कडेल र समीक्षा अधिकारीकोले स्वर दिएका छन् । पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको गीतलाई राजेश श्रेष्ठलेले ए वन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ र मास्टरिङ्ग गरेका हुन् ।
गीतकार उप्रेतीका यसअघि आफ्नै जिन्दगी, बरिलै, ओडेर घुघंट, पोइ पर्यो कालेलगायतका ६ दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् । प्रबिन थापाले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडलहरू कविता न्यौपाने, राजेन्द्र लोहनी, सिमरन धिताल र विधान खनाको अभिनय रहेको छ ।
[embedded content]
अडियो भिडियो दुबै राम्रो रहेको यस गीतले सांगीतिक धरातलमा चर्चा र सफलता पाउनेमा सम्भावना रहेको बताइएको छ । खुशी इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको र “अल्लारे ठिटो” उप शीर्षक रहेको यस गीतकी निर्मात्री सोबिता सडौला उप्रेती हुन् ।
नवराज भट्टराई प्रोडक्शन डिजाइनर रहेको भिडियोलाई हरिश महराले छायांकन र शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।