![](http://thenepalusa.com/wp-content/uploads/2021/09/e0a497e0a4bee0a4afe0a495-e0a495e0a4bfe0a4b0e0a4a3-e0a497e0a49ce0a4aee0a587e0a4b0e0a4b2e0a4bee0a488-e0a4a8e0a587e0a4aae0a4bee0a4b2.jpg)
काठमाडौं । गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सिङ्गिङ रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’का विजेतासमेत रहेका गायक गजमेर अमेरिकी नागरिक हुन् ।
गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारिसकेकाले गृह मन्त्रालयले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउने प्रावधान रहेको छ ।
अध्यागमनले नेपाल प्रवेशमा रोक लगाएसँगै गायक गजमेर सन् २०२१ भर नेपाल आउन पाउँने छैन । अध्यागमनका अनुसार उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् । अब उनी सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।
गत सोमबार कतार एयरको क्यूआर ६५० नम्बरको उडानबाट नेपाल आएका गायक गजमेरलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाएको थियो ।
‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा उनलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।