![](http://thenepalusa.com/wp-content/uploads/2021/09/e0a485e0a4ade0a4bfe0a4a8e0a587e0a4a4e0a58de0a4b0e0a580-e0a49ce0a587e0a4a8e0a587e0a4b2e0a4bfe0a4afe0a4bee0a4b2e0a4bee0a488-e0a49fe0a58d.jpg)
काठमाडौं । अभिनेता रितेश देशमुख र जेनेलिया डिसुजा बलिउडको सबै भन्दा मन पराइने जोडीमध्ये एक हो । यो जोडी सोसल मिडियामा निकै सक्रिय छ । हरेक दिन रितेश र जेनेलिया आफ्नो फोष्टको माध्यमबाट लाइमलाइटमा रहँदै आएका छन् ।
यो जोडी कयौं पटक ट्रोलको निशानामा पनि पर्दै आएका छन् । अब यो जोडीले अभिनेता, निर्माता÷निर्देशक अरबाज खानको टक शो ‘पिञ्च २’मा यस्तै केही ट्रोलहरुका बारेमा जवाफ दिनेछन् ।
भर्खरै सार्वजनिक भएको ‘पिञ्च २’को ट्रेलरमा अरबाज खानसँग रितेश र जेनेलया बसिरहेका छन् । जहाँ उनीहरुले ट्रोलर्सको असभ्य टिप्पणीको प्रतिक्रिया दिइरहेका छन् । सार्वजनिक भएको सो इपिसोडको ट्रेलरमा अरबाज खानले एउटा कमेन्ट पढेर सुनाउँछन्, त्यसपछि अभिनेत्री जेनेलियाको अनुहारको रंगनै केही समयका लागि फिक्का हुन्छ ।
ट्रोलले भन्यो ‘अश्लिल आन्टी’
कमेन्टमा ट्रोलर्सले केही यस्तो लेखेको छ कि त्यसलाई पढ्नका लागि अरबाज खानलेसमेत असहज मानेका छन् ।
लेखिएको कमेन्ट पढ्दै अरबाज खान सुनाउँछन्, ‘बेशर्म, चिप, अश्लिल आन्टी, सँधै ओभरएक्टिङ । तपाईको अनुहारमा यो सुहाउँदैन । विशेष गरी तपाई विवाहित र दुई बच्चाको आमा हुनुहुन्छ । तपाईको ओभरएक्टिङ देखेर तपाईको बच्चाहरु पनि आश्चर्य मान्छन् होला ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।