![](http://thenepalusa.com/wp-content/uploads/2022/01/e0a495e0a58be0a4b0e0a58be0a4a8e0a4be-e0a4aae0a581e0a4b7e0a58de0a49fe0a4bf-e0a4ade0a48fe0a4aae0a49be0a4bf-e0a485e0a4ade0a4bfe0a4a8.jpg)
काठमाडौं । बलिउडकी सुपरबोल्ड अभिनेत्री ईशा गुप्तालाई ९ जनवरीमा कोरोना संक्रमण भएको थियो । कोरोना पुष्टि भएसँगै अभिनेत्री गुप्ताले निरन्तर आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिदै आएकी छन् ।
नेगेटिभ रिपोर्टको पर्खाईमा ईशा
ईशा गुप्ताले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टको स्टोरीमा एउटा भिडियो सेयर गरेकी छन्, जसले सबैको ध्यान तानिरहेको छ । अभिनेत्रीले क्याप्सनकम लेखेकी छन्, ‘सँधै नेगेटिभ रिपोर्टको पर्खाईमा । कोरोनाले यातना मात्र दिन्छ ।’
अझैँपनि नेगेटिभ रिपोर्ट आएन
ईशा गुप्ताको उक्त क्याप्सनबाट पनि स्पष्ट हुन्छ कि अभिनेत्री अझै कोरोना संक्रमित नै छन् । नेगेटिभ रिपोर्टको पर्खाईमा छन् । ईशा गुप्ता आफैंले इन्स्टाग्राममार्फत् कोरोना संक्रमण भएको जानकारी दिएकी थिइन् ।
ईशाले आफ्नो इन्स्टा स्टोरीमा लेखेकी थिइन्, ‘सबै सुरक्षा मापदण्ड पालना गर्दा पनि कोरोना संक्रमित भएँ । म कोभिड नियमको पालना गर्दैछु । घरमै क्वारेन्टाइनमा बसेको छु । मलाई आशा छ पहिले भन्दा बलियो भएर फर्कनेछु । तपाईंहरु सबै सुरक्षित रहनुहोस् र मास्क लगाउनुहोस् । आफ्नो ख्याल राख्नुहोस् ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।