![](http://thenepalusa.com/wp-content/uploads/2022/01/e0a497e0a4bee0a4afe0a495-e0a4a4e0a4a5e0a4be-e0a4b8e0a4b0e0a58de0a49ce0a495-e0a4aae0a58ce0a4a1e0a587e0a4b2e0a495e0a58b-e0a4b9.jpg)
काठमाडौं । गायक तथा सर्जक उत्तम पौडेलको एकल आधुनिक गीत ‘हजारौँ माझ’ सार्वजनिक भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्षसमेत रहेका गायक पौडेलको आफ्नै शब्द र स्वर रहेको उक्त गीतमा संगीतकार प्रेमकृष्ण बजगाईंको संगीत रहेको छ ।
यू.पी. म्युजिक युट्युब च्यानलमार्फत् सार्बजनिक भएको सो गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियो क्षेत्रपाटीमा भएको हो । गीतको एरेन्ज तथा बाद्यबादन सम्बन्धी सम्पूर्ण ब्यवस्थापन बुद्ध सायमीले गरेका हुन् ।
[embedded content]
त्यस्तै भिडियो सम्बन्धी ब्यवस्थापन कृष्ण राई र इडिटिङ गंगाराम राईले गरेका हुन् । गीतको शब्द र भावअनुसार हेर्ने भन्दा पनि बढी सुन्ने प्रकृतिको भएको हुँदा हाललाई स्टुडियो टेक र रेकर्डिङको परिवेशलाई मात्र कैद गरी भिडियो निर्माण गरिएको गायक पौडेलले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।