काठमाडौं । चर्चित सिरियल ‘महाभारत’मा ‘भीम’ को भूमिका निभाएका प्रवीण कुमार सोबतीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेको प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको हो । त्यसोत, पञ्जाबका प्रवीणले कयौं बलिउड फिल्ममा आफ्नो अभिनयले फ्यानहरुको मन जित्न सफल भएका थिए ।
भीमको चरित्रबाट पाए लोकप्रियता
‘महाभारत’मा भीमको भूमिकामा प्रवीण कुमार सोबतीलाई निकै रुचाइएको थियो । अग्लो र हट्टाकट्टा प्रवीण कुमार सोबतीले आफ्नो अभिनयले भीमको चरित्रमा प्राण छाडेका थिए, भने सोही सिरियलबाट उनले निकै लोकप्रियता कमाउन सफल भएका थिए ।
अभिनयमा आउनुअघि प्रवीण ह्यामर र डिस्कस थ्रो एथलिट थिए । उनले एसियाली खेलकुदमा २ स्वर्ण, १ रजत र १ कास्य जितेका थिए । उनले एसियाली र कमनवेल्थ गेम्समा पदक जितेर आफ्नो देशको नाम उँचो पारेका थिए । उनलाई अर्जुन अवार्डबाट पनि सम्मानित गरिएको थियो ।
खेलकुदको दुनियाँमा नाम कमाएपछि उनले सीमा सुरक्षा बल (बीएसएफ)को जागिर पनि पाएका थिए, तर केही वर्षपछि प्रवीणकुमार सोबतीले अभिनयमा हात हाले । त्यसपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेको थिएन ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।