काठमाडौं । पछिल्लो समय बलिउडका सुपरस्टार अक्षय कुमारको एउटा ट्वीट चर्चाको विषय बनेको छ, जहाँ उनले अर्का एक्शन अभिनेता टाइगर श्रफलाई चुनौती दिएका छन् ।
अक्षय कुमारले ट्वीट गर्दै टाइगर श्रफलाई भनेका छन्, ‘तिमी जुन वर्ष जन्मियौ, त्यही वर्ष मैले फिल्ममा डेब्यु गरेका थिए । के तिमी अझै पनि प्रतिस्पर्धा गर्छौ, सानो मियाँ ?’
अक्षय कुमारले वास्तवमा नभई आगामी फिल्म ‘बडे मियाँ–छोटे मियाँ’का लागि टाइगर श्रफलाई यस्तो भनेका हुन् । यही फिल्ममार्फत् अक्षय कुमार र टाइटर श्रफले पहिलो पटक स्क्रीन सेयर गर्दैछन् ।
The year you debuted in this world, I debuted in films. Phir bhi muqabla karoge Chote Miyan? Chal phir ho jaye full-on action! 😁 @iTIGERSHROFF #BadeMiyanChoteMiyan Christmas 2023. https://t.co/oP5pEVtBMu@vashubhagnani @aliabbaszafar @jackkybhagnani @honeybhagnani @poojafilms
— Akshay Kumar (@akshaykumar) February 8, 2022
२४ वर्षपछि फेरि ‘बडे मियाँ–छोटे मियाँ’ बन्दै
अक्षय कुमारले चाँडै नै अर्का एक्सन अभिनेता टाइगर श्राफसँग स्क्रीन सेयर गर्न लागेका छन् । अक्षय र टाइगर ‘बडे मियाँ छोटे मियाँ’ को रिमेकमा सँगै देखिन लागेका हुन् । यो फिल्म २४ वर्षअघि सन् १९९८ मा दर्शकमाझ रिलिजमा आएको अमिताभ बच्चन र गोविन्दा स्टारर ‘बडे मियाँ छोटे मियाँ’को रिमेक हुनेछ ।
यो फिल्म अर्को वर्ष क्रिसमसको अवसरमा रिलिज हुने निर्माण टिमको भनाइ छ । यो सबैभन्दा ठूलो एक्सन मनोरञ्जनात्मक फिल्म हुने निर्माण पक्षको दाबी छ ।
टाइगर श्राफले दिएका थिए संकेत
यस फिल्मको घोषणा हुनुअघि नै ‘बडे मियाँ छोटे मियाँ’को रिमेकको घोषणा हुनसक्ने अनुमान गरिएको थियो । टाइगर श्राफले एउटा भिडियो सेयर गरेका थिए जहाँ अमिताभ र गोविन्दाको फिल्म ‘बडे मियाँ छोटे मियाँ’का केही दृश्यहरू देखाइएको थियो । यसका साथै उनले भनेका थिए, ‘२४ वर्षअघि हामीले दुई बलियो कलाकारलाई साथमा ल्याएका थियौँ ।’
अक्षय र टाइगर पहिलो पटक सँगै देखिदै
अक्षय र टाइगरले एकसाथ स्क्रीन सेयर गरेको यो पहिलो फिल्म हुनेछ । फिल्मको छायांकन अर्को वर्षबाट सुरु हुनेछ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्नेछन् । पूजा इन्टरटेनमेन्ट प्रोडक्सनको ब्यानरमा यस फिल्मलाई वासु भगनानी, दीपशिखा देशमुख, विक्की भगनानी, अली अब्बास जफर र हिमांशु किशन मेहराले निर्माण गर्नेछन् ।
यो फिल्म हिन्दी बाहेक तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुने बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।