काठमाडौं । युट्युबरमा आफूलाई तथानाम गाली र बेइजती गरिएको भन्दै अभिनेत्री रेखा थापाले भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी छन् ।
अभिनेत्री थापाले निवेदन दिएको ब्युरोका एसएसपी नबिन्द अर्यालले बताएका हुन् । प्रहरीमा निवेदन परेसँगै त्यसबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिए ।
अभिनेत्री थापाले युट्युबमा तथानाम गालीगलाैज गर्ने शर्मिला वाइबाविरूद्ध निवेदन दिएको बताइएको छ । पल शाह प्रकरणबारे मुख खोलेका रेखा थापालाई पूर्वपति छविराज ओझाले चर्चित बनाएको र अरुको पैसामा बिक्ने भन्दै सामाजिक भन्न रूचाउने वाइबाले गालीगलौज गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।