काठमाडौं । बलिउडका सुपरस्टार सलमान खान पनि साउथका फिल्ममा देखिने भएका छन् । जानकारी अनुसार मलयालम फिल्म ‘लुसिफर’को तेलुगु रिमेकमा सलमान खान देखिन लागेका हुन् । यो फिल्ममा सलमान साउथका मेगास्टार चिरञ्जीवीसँग देखिने भएका छन् । चिरञ्जीवी आफैले सलमान खानसँगको तस्वीर सेयर गर्दै यस्तो जानकारी दिएका हुन् ।
त्यसोत, ‘लुसिफर’मा मलयालम फिल्मका सुपरस्टार मोहनलाल मुख्य भूमिकामा थिए । फिल्ममा उनको साथमा विवेक ओवेरोय, पृथ्वीराज सुकुमारन, टोभिनो थोमस र मञ्जु वारियर पनि मुख्य भूमिकामा थिए । अहिले सलमानको क्यारेक्टरलाई लिएर अड्कलबाजी भइरहेको छ ।
‘लुसिफर’मा विवेक ओबेरोयको चरित्रको बारेमा कुरा गर्नुपर्दा उनले मोहनलालको नाक निम्त्याउने भिलेनको भूमिका निभाएका थिए । दोस्रो महत्वपूर्ण चरित्र पृथ्वीराज सुकुमारनको थियो । जो फिल्ममा स्पेशल अपियरेन्समा देखिएका थिए, जसले मोहनलाललाई सहयोग गर्छन् ।
जानकारी अनुसार चिरञ्जीवीले मोहनलालको भूमिका निभाइरहेका छन्, भने सलमान खानको चरित्रलाई लिएर सस्पेन्स कायमै छ । फिल्ममा उनी कुन भूमिकामा देखिन्छन् ? त्यो भने हेर्न बाँकी नै छ ।
‘गडफादर’मा सलमान खानलाई स्वागत गर्दै चिरञ्जीवीले ट्वीट गरेका थिए, ‘भाइ सलमान खानलाई गडफादरमा स्वागत छ । तपाईको प्रवेशले सबैको उत्साह बढाएको छ । उत्साह सातौं आकाशमा पुगेको छ । तपाईंसँग स्क्रीन सेयर गर्न पाउँदा राम्रो लाग्छ । तपाईंको उपस्थितिले दर्शकहरूलाई जादुई किक दिनेछ ।’
त्यसोत यो फिल्ममा साउथकी लेडी सुपरस्टार नयनतारा पनि महत्वपूर्ण भूमिकामा छिन् ।
Welcome aboard #Godfather ,
Bhai @BeingSalmanKhan ! Your entry has energized everyone & the excitement has gone to next level. Sharing screen with you is an absolute joy. Your presence will no doubt give that magical #KICK to the audience.@jayam_mohanraja @AlwaysRamCharan pic.twitter.com/kMT59x1ZZq— Chiranjeevi Konidela (@KChiruTweets) March 16, 2022
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।