काठमाडौं । नाबालिग गायिकामाथि जबर्जस्तीकरणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दिएका छन् ।
मंगलबार अभिनेता शाहले जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गरि पाउँ भन्दै उच्च अदालत पोखरामा रिट निवेदन दिएका हुन् ।
अभिनेता शाहले जिल्ला अदालत तनहुँको आदेश बेरीतको भएको भन्दै तारेखमा रिहा गर्नसमेत माग गरेका छन् । उच्च अदालत पोखरामा अभिनेता शाहले निवेदन दायर गरेसँगै यस विषयमा बहस हुने बताइएको छ । तनहुँको आदेश ठीक हो वा होइन र तारेखमा छाड्न मिल्छ कि मिल्दैन भन्ने विषयमा पनि बहस हुने बताइएको छ ।
फागुन ११ गते जिल्ला अदालत तनहुँमा पीडित नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फकाइफुलाइ गरी पटकपटक जबर्जस्तीकरणी गरेको भन्दै उजुरी दिएकी थिइन् । उजुरी दिइएको ५दिनपछि अभिनेता शाह आफैँ तनहुँ प्रहरी कार्यालय पुगेका थिए । त्यसयता उनी हिरासतमै रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।