काठमाडौं । निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले बक्स अफिसमा धमाका मचाइरहेको छ । अहिलेसम्मको कलेक्शनलाई हेर्दा कुनै पनि फिल्मले ‘आरआरआर’को तीब्र गतिलाई रोक्न मुस्किल पर्ने देखिएको छ ।
फिल्म समीक्षक तरण आदर्शको ट्वीटका अनुसार ‘आरआरआर’को हिन्दी भर्सनले बुधबारको कलेक्सनसहित कुल १२०.५९ करोड कलेक्सन गरेको छ । उनका अनुसार ‘आरआरआर’ फिल्मले पहिलो दिन शुक्रबार २०.०७ करोड, दोस्रो दिन शनिबार २४ करोड, तेस्रो दिन ३१ करोड ५० लाख, तेस्रो दिन १७ करोड कमाएको छ ।
त्यस्तै चौथो दिन सोमबार १५.०२ र छैटौं दिन बुधबार १३ करोडको कलेक्सन गरेको छ । यसरी फिल्मले रिलिजको छैटौं दिनसम्म १२०.५९ करोडको आँकडा पार गरिसकेको छ ।
‘आरआरआर’ले अक्षय कुमारको ‘सूर्यवंशी’ फिल्मलाई कडा टक्कर दिइरहेको छ । कोविडपछिको ‘सूर्यवंशी’ फिल्म बक्स अफिसमा रिलिज भएको छ । यो फिल्मले मात्र ६ दिनमा उत्कृष्ट कमाइ गर्दै १२०.६६ करोड कलेक्सन गरेको थियो ।
अहिले ‘सूर्यवंशी’को पाइलामा ‘आरआरआर’ फिल्म पनि अगाडि बढिरहेको छ । यो फिल्मले पनि ६ दिनमा १२०.५९ करोड कलेक्सन गरेको छ । यद्यपि केही अंकले मात्र ‘आरआरआर’ अलि पछाडि रहेको छ ।
यसका साथै ‘आरआरआर’ले ‘बाहुबलीः द बिगिनिङ’को लाइफटाइम कलेक्शनलाई समेत उछिनेको छ । यो फिल्मको हिन्दी संस्करणले करिब ११८ करोड भारु कलेक्सन गरेको थियो ।
राम चरण र जुनियर एनटीआर स्टारर् ‘आरआरआर’ले नेपाली बक्स अफिसमा पनि उत्कृष्ट कमाइ गरिरहेको बताइएको छ ।
#RRR reboots and revives biz in mass circuits… Nears *Week 1* biz of #Sooryavanshi [₹ 120.66 cr] in *6 days*… HIGHEST GROSSING FILM [Week 1; post pandemic]… Fri 20.07 cr, Sat 24 cr, Sun 31.50 cr, Mon 17 cr, Tue 15.02 cr, Wed 13 cr. Total: ₹ 120.59 cr. #India biz. 🔥🔥🔥 pic.twitter.com/EbSh3mTkJO
— taran adarsh (@taran_adarsh) March 31, 2022
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।