काठमाडौं । ‘डाँडा बजार’को अपार सफलतापछि सोही टिमले नयाँ पूर्वेली गीत बजारमा ल्याएको छ । डाँडा बजारको टिमले सरिता राई आङ्बुहाङको शब्द तथा देवेन्द्र लिम्बू, सुनिता सङ्याक लिम्बू, डीबी लिम्बू र हिमाली लिम्बूको स्वरमा रहेको ‘तमोर सलल’ गीतको भिडियो सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतलाई गायक देवेन्द्र लिम्बू आफैले संगीतबद्ध गरेका छन् । म्युजिक मिडिया–धरानमा रेकर्ड गरिएको गीतमा राम कार्कीको म्युजिक एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ–मास्टरिङ रहरेको छ ।
सार्वजनिक गीतको भिडियोलाई देउ कृष्ण देवान लिङ्खा याख्खाले निर्देशन गरेका हुन् । निर्देशक देउ कृष्णले ‘तमोर सलल…’को सारलाई मोडल एवं अभिनेत्री रेखा लिम्बू र युमन सोदेम्बा लिम्बूमार्फत् उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन् ।
सयौं जना कोरस राखेर भिडियो बनाउन माहिर निर्देशक देउ कृष्ण आफैले पनि गीतको भिडियोमा को–आर्टिष्टको रुपमा काम गरेका छन् । सार्वजनिक भिडियोमा उनलाई स्मृति लिङ्खा याख्खाले साथ दिएकी छन् ।
फिल्म ‘तारेभीर’फेम निर्माता देउ कृष्ण पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त छन् । पूर्वेली गीतका म्युजिक भिडियो निर्देशकको रुपमा चर्चित देउ कृष्णको दुई दर्जन बढी म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् । उनको निर्देशनमा तयार भएको ‘डाँडा बजार’ दर्शक÷श्रोताले रुचाएकामध्ये एक हो ।
सुरेश याख्खा राईको कोरियोग्राफी रहेको गीतको भिडियोलाई युवराज राईले छायाङ्कन गरेका हुन् । भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । युमा आर्ट्समार्फत् रिलिज गरिएको भिडियोलाई मूना लिम्बूले निर्माण गरेकी हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।