पूर्वीनवलपरासी । किशोरी गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।
अभिनेता पल शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । बुधबार राति ९ बजे तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले अभिनेता शाहलाई तनहुँ लगेको जानकारी गराइएको छ । बैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।
त्यस्तै तनहुँ अदालतको फैसलाअनुसार पनि पूर्पक्षका लागि अभिनेता शाह थुनामा नै रहेका छन् । एक वर्षअघि गैंडाकोटमा गीतको सुटिङका क्रममा अभिनेता शाहले किशोरी गायिकालाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो ।
१४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानूनी व्यवस्था छ । पीडित भनिएकी किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । उनले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।