काठमाडौं । सिमी पुनको अघ्यक्षतामा प्रतिभा नक्षत्रको दोस्रो महाधिवेसन बेलायतमा सम्पन्न भएको छ । जूममार्फत् बरिष्ठ गायिका मिरा राणा र बरिष्ठ गायक किरण प्रधानको विशेष उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
सो अवसरमा संस्थाका प्रमुख संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको उदेश्य तथा यसका विषयमा बोलेका थिए । अध्यक्ष पुन कुनै समयकी चर्चित मोडल हुन् । उनले केही चल्तिका भिडियोहरु तथा विज्ञापनहरुमा काम गरिसकेकी छिन् ।
पछिल्लो समय बेलायतमा रहेर पनि कलाकारिता तथा समाजिक अभियन्ताको रुपमा पुनले आँफूलाई स्थापित गरेकी छिन् । महाधिवेशनको दोस्रो सत्र निर्वाचन कमिटीका पदाधिकारीहरु हरिकुमार मल्ल, प्रसिद्ध प्रधान, श्रीभक्त खनालको टिमले निर्वाचन प्रक्रिया, नयाँ कार्यसमिति घोषणा, साथै सर्वसम्मत निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ गराएर सत्र सम्पन्न गरेका थिए ।
आगामी कार्यकालको लागि पुनः अध्यक्ष सिम्मी पुन, उपाध्यक्षद्वय लक्ष्मण गुरुङ, लिलादेवि गुरुङ, महासचिवमा निकोलस अलेखजेन्डर हाडजियानिस, सह महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा बिजया दाहाल भन्डारी, साथै सदस्यहरुमा क्रमशः सूर्य बिक्रम केसी, मेरिना श्रेष्ठ, राजेन्द्र खस, मिली राइ, बसन्ती राना, गहेन्द्रमान श्रेष्ठ, दीर्घ केसी, रेशम बस्याल, प्रमोद अधिकारी चुनिएका छन् ।
त्यस्तै बाँकी रिक्त रहेका सदस्य पदहरु आउने कार्यसमितिको बैठकले निर्णय लिने बताइएको छ । सन २०१७ देखि हरेक वर्ष प्रतिभा नक्षत्रले एउटा मुख्य कार्यक्रम नेपाली भाषा, मौलिक कला संस्कृति, साहित्य, संगीतलाई विदेशमा चिनाउने साथै बेलायतमा रहेका अन्य समुदायहरुसँग हातेमालो गर्ने उद्देश्य राखेको भएता पनि कोरोना महामारीका कारण गत वर्ष गर्न सकेन ।
तर महामारीको अन्त्यसँगै प्रतिभा नक्षत्र एकाडेमीको अबधारणा सहित आफनै कार्यकक्षबाटै बिभिन्न कार्यक्रम जस्तै योगा, शारीरिक व्यायमको कार्यक्रम थालेको छ । प्रतिभा नक्षत्रले बाल बच्चहरुलाइ लक्षित गरेर पनि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।