काठमाडौं । पछिल्लो समय रिलिजको तयारीमा रहेको सुपरस्टार यश स्टारर् ‘केजीएफः च्याप्टर २’को तीब्र चर्चा छ । यो फिल्म केही दिनमा नै दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्मले रिलिज अगावै अग्रिम टिकट बूकिङमार्फत् करोडौं रुपैयाँ कमाइसकेको छ ।
यसबाट पनि अनुमान लगाउन सकिन्छ कि ‘केजीएफः च्याप्टर २’ले पनि बक्स अफिसमा आतंक मच्चाउने छ । पिंकभिल्लाको एक रिपोर्ट अनुसार बिहीबार केही सीमित केन्द्रहरूमा ‘केजीएफः च्याप्टर २’को लागि अग्रिम बूकिङ सुरु गरिएको थियो ।
१२ घण्टामा हिन्दी बेल्टमा १ लाख ७ हजार टिकट बिक्री हुँदा ३ करोड ३५ लाख रुपैयाँ कमाएको छ । फिल्मको हिन्दी भर्सनले पुणे, सुरत, अहमदाबाद, कोलकाता, जयपुर र लखनउ जस्ता सहरमा १०/१० लाख रुपैयाँ कमाएको छ । अहिले सीमित शोमा मात्रै बूकिङ सुरु गरिएको र आइतवारसम्म फिल्मको अग्रिम बूकिङ पूर्ण रुपमा सुरु हुने जानकारी गराइएको छ ।
त्यसोत, निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले अग्रिम बुकिङबाट मात्रै ५.०८ करोड कमाएको थियो । तर, ‘केजीएफः च्याप्टर २’ले भने १२ घण्टामा नै ३.३५ करोड रुपैयाँ कमाइसकेको छ । यो फिल्म रिलिज हुन अझै एक साता बाँकी छ ।
‘केजीएफः च्याप्टर २’को अग्रिम बुकिङ १८३९ शोबाट मात्रै भइरहेको छ । यो फिल्मले अप्रिल १३ बुधबारसम्म हिन्दी भर्सनमा अग्रिम बुकिङबाट १५ देखि १७ करोड रुपैयाँसम्म कमाउन सक्ने अनुमान गरिएको छ ।
‘केजीएफः च्याप्टर १’ सन् २०१८ मा रिलिज भएको थियो । जसले दक्षिणसँगै उत्तरमा पनि बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । साथै २५० करोड भन्दा बढी सङ्कलन गर्ने पहिलो कन्नड फिल्म बनेको थियो ।
‘केजीएफः च्याप्टर २’ अप्रिल १४ बाट दर्शकमाझ रिलिज हुँदैछ । फिल्मले ५० करोडको ओपनिङ गर्न सक्ने ट्रेड पण्डितको विश्वास छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।