काठमाडौं । साउथ उद्योगमा हाइएस्ट पेड अभिनेताका रुपमा थलपति विजयलाई चिनिन्छ । एकपछि अर्को सुपरहिट फिल्म दिएका अभिनेता विजयले करोडौं पारिश्रमिक लिन्छन् । १० वर्षको सानै उमेरदेखि एक्टिङ फिल्डमा छिरेका विजय जस्तोसुकै भूमिकामा पनि फिट मानिन्छन् ।
अप्रिल १३ (हिजो)देखि दर्शकमाझ रिलिजमा आएको उनको नयाँ फिल्म ‘बिस्ट’ले पनि बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । उनका फ्यानहरुका लागि यो फिल्म ठूलो ट्रिट हो । सोसल मिडियामा समेत उनी ट्रेन्डिङमै छन् ।
थलपति विजय बन्नका लागि उनको सफर सहज भने थिएन । सामान्य परिवारमा जन्मिएका विजयको पहिलो पारिश्रमिक ५०० रुपये थियो । उनका लागि स्टारडमको सिँढी चढ्नु कुनै ठूलो सपना भन्दा कम थिएन ।
अभिनेता विजयको फ्यान फलोइन् दक्षिण भारतमा मात्रै नभइ नेपालमा पनि राम्रै छन् । हालसम्म विजयले ६५ वटा भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । १० वर्षको सानै उमेरदेखि उनले फिल्ममा चाइल्ड एक्टरको रुपमा आफ्नो पारी सुरु गरेका थिए । सन् १९८४ मा रिलिज भएको फिल्म ‘भेट्री’मा उनले काम गरेका थिए ।
उनको पहिलो ब्लकबस्टर फिल्म १९९६ मा आएको थियो । फिल्मको नाम ‘पूवे उनाक्कागा’ थियो । उनको सुपरडुपर हिट फिल्महरुमा सरकार, मर्शल, काभालान, नाव्नान, थुप्पाक्की, काथ्थीलगायत छन् ।
उनको जन्म चेन्नईमा भएको थियो । उनका बुबा एस ए चन्द्रशेखर तमिल फिल्मका निर्देशक हुन् । उनका आमा शोभा प्लेब्याक गायिका हुन् । सुरुवाती दिनहरुमा विजयको परिवारको आर्थिक अवस्था निकै नाजुक थियो । उनीहरु मध्यम परिवारका मानिन्थे ।
उनकी आमा शोभाले कन्सर्टमा गाउने गर्थिन् । उनको दैनिक पारिश्रमिक १०० रुपैयाँ थियो । उही १०० रुपैयाले विजयको परिवार चल्थ्यो । अभिनेता विजयको बहिनी पनि थिइन् । उनको नाम विद्या थियो । तर, २ वर्षको उमेरमै उनको निधन भएको थियो, जसको कारण हाइपरएक्टिभ विजयलाई खामोश बनाइदिएको थियो ।
त्यसपछि अभिनेता विजयले आफ्नो बहिनीको यादमा आफ्नो प्रोडक्शन हाउसको नाम विद्या–विजय राखेका छन् । उनले भिजुअल कम्युनिकेशनमा डिग्री पूरा गर्नु अगावै छोडिदिएका थिए । उनी कलाकारिता क्षेत्रमा रमाउन चाहन्थे । उनले चाइल्ड आर्टिस्टको रुपमा कयौं फिल्ममा काम गरेका थिए । जसको पारिश्रमिक ५०० रुपये थियो ।
१८ वर्षको उमेरमा विजयले फिल्म नालाइया थीर्पू’मा मुख्य भूमिकामा काम गरेका थिए । त्यसोत, विजयले बलिउड फिल्ममा पनि केमियो गरिसकेका छन् । फिल्म ‘राउडी राथौड’को गीत ‘चिन्ता चिन्ता’मा उनले केमियो गरेका थिए, जसको हिन्दी डब निकै रुचाइएको थियो ।
अभिनेता विजयको नेटवर्थ २०२१ मा ४२० करोड बताइएको थियो । कयौं लक्जरी गाडीहरुको कलेक्शन समेत रहेका विजयले ‘बिस्ट’ फिल्मको लागि १०० करोड पारिश्रमिक लिएका थिए । उनले आफ्नो ६६ औं फिल्मको लागि १२० देखि १५० करोड लिने बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।