काठमाडौं । गायक प्रदीप राईको आवाजमा नयाँ गीत रिलिज भएको छ । रेजिना खालिङको शब्द तथा आसुतोष राईको संगीत रहेको ‘जहाँ डाक्छौ आउँला’ गीतको भिडियो रिलिज गरिएको हो । गीतलाई दीनेश न्यौपानेले एरेञ्ज गरेका हुन् ।
सार्वजनिक गीतमा आसुतोष राई, दीनेश न्यौपाने र प्रेम घिमिरेको ब्याक भोकल रहेको छ । सार्वजनिक गीतको भिडियोमा गम्भीर विष्ट र अलिशा राई फिचर्ड छन् । उनीहरुलाई आसुतोष राई एण्ड क्र्यूले सपोर्ट गरेको छ ।
गायक तथा संगीतका आसुतोष राईको निर्देशनमा तयार पारिएको भिडियोलाई तृष्ण देवानले निर्माण गरेकी हुन् । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।