काठमाडौं । गायिका निर्मला घिसिङको नयाँ गीत सार्वजनिक गरिएको छ । गायिका घिसिङको आफ्नै शब्द तथा अनिश योन्जन (च्याङ्बा)को संगीत रहेको तामाङ भाषाको ‘पिङ्गै माया’ गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका घिसिङलाई संगीतकार अनिश योन्जनले साथ दिएका छन् ।
त्रिताल अकस्टिक स्टुडियोमा रेकर्ड गरिएको ‘पिङ्गै माया’लाई सुन्दर लामाले एरेञ्ज र प्रकाश मिश्रले मिक्सिङ/मास्टरिङ गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा बुद्धि तामाङ र निरञ्जली लामा फिचर्ड छन् ।
राजु स्याङ्तानको स्टोरी रहेको गीतको भिडियोलाई अजय स्याङ्तानले नर्देशन गरेका हुन् । गीतको भिडियोमार्फत् वास्तविक जीवनको माया प्रेमलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई रामछापको सुनपाति गाउँपालिका र काठमाडौंको ह्वाइट गुम्बामा छायाङ्कन गरिएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।