काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले विवाह गरेका छन् । अहिले यो विवाहको भित्री तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । विवाह र सबै अनुष्ठानका तस्वीर र भिडियोहरू क्षण–क्षणमै बाहिर आइरहेका छन् ।
यद्यपि यी तस्वीरहरूमा कपूर र भट्ट परिवारसँगै रणवीर आलियाका साथीहरू पनि सेलिब्रेशनमा डुबेको देखिएका छन् । यसैबीच सबैले अभिनेत्री दीपिका पादुकोण र क्याट्रिना कैफलाई धेरै मिस गरिरहेका छन् ।
दीपिका–कट्रिना गायब !
अप्रिल १४ मा विवाहपछि नवविवाहित जोडीले शनिबार राति ‘वास्तु’मै रिसेप्सन पार्टीको आयोजना गरेका थिए । यस रिसेप्सन पार्टीमा बलिउडका अधिकांश स्टारहरू देखा परे तर, आलिया भट्टका विशेष साथी दीपिका पादुकोण र क्याट्रिना कैफ भने अनुपस्थित थिए । यस्तो अवस्थामा उनीहरुको अनुपस्थितिको चर्चा सर्वत्र सुरु भएको छ ।
मुम्बईमा थिइनन् दीपिका
वास्तवमै रणवीर–आलियाले आफ्नो विवाहलाई धेरै गोप्य राखेका थिए । उनीहरुको विवाहमा परिवारका सदस्यहरू मात्र सामेल थिए । अर्कोतर्फ रिसेप्सन पार्टीमा पनि पाहुनाहरुको सूची सीमित राखिएको थियो । रिसेप्सनको केही दिन अगाडि मात्रै अभिनेत्री दीपिकालाई मुम्बई एयरपोर्टमा स्पट गरिएको थियो । यतिबेला उनी आफ्ना आगामी प्रोजेक्टमा व्यस्त छिन् र रिसेप्शनको समयमा कामको कमिटमेन्टका कारण मुम्बईमा थिइनन्, जसको कारण उनी उपस्थित हुन सकिनन् ।
क्याट्रिनाले पनि गरेकी थिइन् गोप्य विवाह
अभिनेत्री क्याट्रिना कैफको कुरा गर्नुपर्दा उनले गत डिसेम्बरमा अभिनेता विक्की कौशलसँग राजस्थानमा शाही विवाह गरेकी थिइन् । क्याट्रिनाले पनि परिवारको उपस्थितिमा विहे गरेर थोरैलाई मात्र निम्तो दिएकी थिइन् । यस्तो अवस्थामा आलियाले पनि उनलाई आफ्नो गोप्य विवाहमा निम्तो दिइनन् । क्याट्रिनाले विवाहपछि रिसेप्सन पार्टी आयोजना गरिनन् ।
क्याट्रिना–दीपिका रणवीर कपूरका पूर्व प्रेमिका
आलिया भट्ट अभिनेत्रीद्वय क्याट्रिना र दीपिका दुवैको राम्रो साथी हुन् । अवार्ड इभेन्टदेखि लिएर रियालिटी टक शोसम्म उनीहरु सबै सँगै सहभागी भएका थिए । अर्को चाखलाग्दो कुरा के छ भने क्याट्रिना र दीपिका दुवै रणवीर कपूरका पूर्व प्रेमिका हुन् ।
रणवीर कपूर यसअघि दीपिकासँग सम्बन्धमा थिए । दीपिकासँगको ब्रेकअपपछि उनले क्याट्रिनालाई डेट गर्न थालेका थिए । तर, कपूर परिवारको बुहारी बन्ने भाग्य अभिनेत्री आलियाको हातको रेखामा मात्रै लेखिएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।