काठमाडौं । साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ले बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । यो फिल्मको हिन्दी भर्सनले मात्रै पनि पाँच दिनमा बक्स अफिसमा २१९.५६ करोडको कलेक्शन गर्न सफल भएको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाइको आँकडा सेयर गर्दै केजीएफ–२ ले उत्कृष्ट कमाइ गरिरहेको जानकारी गराएका छन् । उनका अनुसार फिल्मले ‘वर्किङ–डे’ मा पनि शानदार होल्ड गरेको छ । पहिलो एक्सटेन्डेड वीकमा फिल्मले २७० करोडको कमाइ गर्नसक्ने आँकलन गरिएको छ । यही रफ्तार जारी रहेमा यश स्टारर् ‘केजीएफः च्याप्टर २’ले बलिउडका पर्फेक्सनिस्ट अभिनेता आमिर खानको ‘दंगल’को लाइफटाइम बिजिनेसलाई समेत पछाडि पार्ने आँकलन गरिएको छ ।
केजीएफ–२ को हिन्दी बेल्टले विहीबार ५३.९५ करोड, शुक्रबार ४६.७९ करोड, शनिबार ४२.९० करोड, आइतबार ५०.३५ करोड र सोमबार २५.५७ करोड गरी भारतमा मात्रै २१९.५६ करोडको आँकडा पार गरेको छ ।
त्यस्तै फिल्मले ग्लोबल मार्केटमा पनि राम्रो कमाइ गरिरहेको छ । केजीएफ–२ ले ४ दिनमा नै वल्र्ड वाइड ५४६ करोडको आँकडा पार गरिसकेको छ । त्यसोत, यशको केजीएफ–१ पनि बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको थियो ।
यो फिल्ममा यशका साथै रवीना टण्डन, सञ्जय दत्त र श्रीनिधि पनि मुख्य भूमिकामा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।