काठमाडौं । साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ ले दिनहुँ नयाँ इतिहास रचिरहेको छ । बक्स अफिसमा फिल्मको कमाईको गतिले तीब्रता लिएको छ । अहिलेसम्म पनि तपाईंले यस फिल्म हेर्नका लागि समय निकाल्न सक्नुएको छैन भने केही समय पर्खनुहोस् । किन भने अब यो फिल्म छिट्टै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ ।
कुन ओटीटीमा केजीएफ २ स्ट्रिम हुनेछ ?
न्यूज १८ को रिपोर्ट अनुसार, ‘केजीएफः च्याप्टर २’को डिजिटल अधिकार ओटीटी प्लेटफर्म अमेजन प्राइमले किनेको छ । अब यशको यो फिल्म अमेजन प्राइम भिडियोमा हिन्दी, कन्नड, तेलुगु, मलायालम र तमिल भाषाहरूमा स्ट्रिम गरिनेछ । त्यसपछि तपाईले घरमै बसेर यो फिल्म हेर्नसक्नुहुनेछ ।
कुन दिन स्ट्रिम हुन्छ ?
यदि रिपोर्टहरूको विश्वास गर्ने हो भने निर्देशक प्रशान्त नीलद्वारा निर्देशित केजीएफः च्याप्टर २ अमेजन प्राइम भिडियोमा मे २७ देखि स्ट्रिम हुनेछ । यद्यपि फिल्मका निर्माताहरूले ओटीटी रिलिजको बारेमा आधिकारिक बयान जारी गरेका छैनन् । यो फिल्म अप्रिल १४, २०२२ देखि दर्शकमाझ प्रदर्शनरत छ ।
केजीएफ २ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड
केजीएफः च्याप्टर २ ले रिलिजको सातौं दिनमा पनि हिन्दी भाषी राज्यहरूमा आफ्नो बलियो पकड कायम राखेको छ । विहीबार फिल्मको हिन्दी संस्करणले २०१७ मा रिलिज भएको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । बाहुबली २ ले रिलिजको पहिलो सात दिनमा बक्स अफिसमा २४६ करोड कमाएको थियो । ‘केजीएफ २’ ले रिलिजको सातौं दिनमा २५५.०५ करोडको कलेक्सन गर्दै ‘बाहुबली २’ को रेकर्ड तोडेको छ ।
फ्यानले मन पराए कथा
फिल्म ‘केजीएफः च्याप्टर २’ को कथा मुम्बईमा हुर्केका एक युवकको बारेमा हो, जो अन्डरवल्र्डमा प्रवेश गरेपछि सुन खानी कब्जा गर्न निस्कन्छ । फिल्मको स्पेशल इफेक्ट र संवादको निकै तारिफ भइरहेको छ । यो फिल्ममा यश, श्रीनिधि शेट्टी, रविना टण्डन, प्रकाश राज र सञ्जय दत्तलगायत स्टारले अभिनय गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।