काठमाडौं । मायानगरी मुम्बई सपनाको शहर हो । करिब तीन दशक पहिले यहाँ आएका एक व्यक्तिले यस शहरमा शासन गर्ने र विलासी घर बनाउने सपना देखेका थिए । सो व्यक्ति अरु कोही नभई बलिउडका बादशाह शाहरुख खान हुन् । शाहरुख खानले यो सपना १० वर्षभित्रै साकार पारेका छन् ।
शाहरुख खानको घर मन्नत मुम्बईको सबैभन्दा महँगो र विलासी घर हो । पछिल्लो समय शाहरुख खानको उक्त घर निकै चर्चामा आएको छ । भर्खरै मात्र शाहरुख खानको मन्नतको नेम प्लेट परिवर्तन गरिएको छ । नयाँ नेम प्लेटका तस्विरहरु सामाजिक सञ्जालमा छाएको छ ।
नयाा नेम प्लेट धेरै स्टाइलिश र क्लासिक शैलीमा पुनः डिजाइन गरिएको छ । योसँगै यी नयाँ नेम प्लेटपछि यसको मूल्य पनि निकै चर्चामा छ ।
गौरी खानले गरिन् डिजाइन !
मिडिया रिपोर्टका अनुसार यो नेम प्लेट शाहरुख खानकी पत्नी गौरी खानले डिजाइन गरेकी हुन् । गौरी खान एक प्रसिद्ध इन्टेरियर डिजाइनर हुन् र यो नेम प्लेट डिजाइन गर्दा उनले पति शाहरुखको हरेक रोजाइको धेरै ख्याल राखेकी बताइएको छ । समाचारका अनुसार गौरी खान लामो समयदेखि नेम प्लेट परिवर्तन गर्ने सोचमा थिइन् ।
मिडिया रिपोर्टका अनुसार मन्नतको नयाँ नेम प्लेट २० देखि २५ लाखमा तयार पारिएको हो । यो नेम प्लेट खान परिवारको व्यक्तित्व झल्काउने गरी डिजाइन गरिएको छ ।
मध्यम वर्गीय व्यक्तिले शाहरुख खानको मन्नतको नयाँ नेम प्लेटको मूल्यमा १ वा २ बीएचके अपार्टमेन्ट नै किन्न सक्नेछन् । एउटा एक विलासी कार पनि यो मूल्यमा आउन सक्छ । जसको कारणले पनि पछिल्लो समय शाहरुख खान र उनको घर मन्नत निकै चर्चामा छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।