![](http://thenepalusa.com/wp-content/uploads/2022/06/e0a4b8e0a49ae0a4bfe0a4a8-e0a4b0e0a58ce0a4a8e0a4bfe0a4afe0a4bee0a4b0e0a495e0a580-e0a49be0a58be0a4b0e0a580-e0a4b8e0a4bfe0a4b2e0a58d.jpg)
काठमाडौं । गायक सचिन रौनियारकी छोरी सिल्भिया रौनियारले अभिनयमा डेब्यू गरेकी छिन् । आफ्नै बुबा सचिन रौनियारको गीत ‘किन हर हर’ (पपया भर्सेज जिलेट) बाट म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियोमा सिल्भियाको साथमा सुनिल छेत्रीको पनि अभिनय रहेको छ । सचिन र गायिका अस्मिता अधिकारीको पनि युगल स्वर समाबेश गीतको भिडियोलाई सुनिल छेत्रीले नै निर्देशन गरेका हुन् ।
भिडियोमा दुर्गा पौडेलको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ । छोरीसँग सहकार्य गरेको र आफ्नै युट्युबमार्फत गीत सार्वजनिक गरेका कारण यो गीत उनका लागि विशेष छ ।
अन्य गीतमा जस्तै स्रोताहरुको माया र आशीर्वाद पाउने अपेक्षा राखेको गायक सचिनले बताएका छन् । गायनमा करिब ३ दशक बिताइसकेका सचिनले बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ’सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् भने धेरै गीतहरु दर्शक माझ लोकप्रिय छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।