काठमाडौं । ११ वर्षअघि सार्वजनिक भएको गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ। सुजाता केसीको आवाजमा गीत सार्वजनिक भएको हो। मेल भर्सनमा रुपक डोटेलले यो गीतलाई गाएका थिए। मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की फिचर्ड छन्। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।
भिडियो गायिका केसीको आधिकारिक च्यानल ुसुजाता केसीु मार्फत सार्वजनिक भएको हो। यसअघि गायिका केसीको स्वरमा समावेश ुबतास बनीु, ुजाल बुन्यो माकुरालेु, ुकुरा सिधा छु लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।