काठमाडौं । फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ ।
ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ । अनुप बरालले निर्देशन गरेको फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ । फिल्म निर्माण सविन ज्ञवाली र मनोज अधिकारीले गरेका छन् ।
माओवादी द्वन्द्वकालमा सामूदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथामा फिल्म आधारित छ । ट्रेलर सार्वजनिकपछि सिने सञ्चारकर्मीहरुसँग बोल्दै निर्देशक बरालले फिल्म २०७२ सालमा शुरु गरेपनि भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन लगायतका कारण सम्पन्न हुन नसकेको बताए ।
उनले फिल्ममा माओवादी शसस्त्र द्वन्द्वले छोडेका पदचापहरुलाई उतारिएको बताए । त्यस्तै अभिनेत्री दीया मास्केले आफूले बोल्ने भन्दापनि फिल्ममा नै अभिनयले बोल्नेमा विश्वस्त रहेको बताइन् ।
फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ । फिल्मको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई छन् ।
यो फिल्मको निर्माण करिब ७ वर्ष अगाडि शुरु भएको थियो । यो फिल्म आउँदो असार २४ गते देशभर प्रदर्शन हुँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।