काठमाडौं । फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी भदौ १० गते प्रदर्शन मिति तोकेको फिल्म ‘प्रकाश’मा नायक प्रदीप खड्कासँगै नायिका दीया मास्केको मुख्य अभिनय छ ।
दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा देखाउँछ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ ।
समाज, राजनीति, पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । ट्रेलर सार्वजनिकपछि सञ्चरकर्मीहरुसँग बोल्दै नायक प्रदीप खड्काले ‘प्रकाश’ फिल्मसँगै आफ्नो कलाकारितामा नयाँ जन्म भएको बताए ।
उनले फिल्म सफल भएपछिको दिनमा झनै काम गर्नको लागि प्रेरणा मिल्ने बताए । त्यस्तै नायिका दीया मास्केले प्रकाश फिल्ममा सीताको भूमिका आफ्नो जीवनकै महत्वपूर्ण रहेको बताए । उनले अहिलेसम्म गरेको पात्रमा सबैभन्दा राम्रो र चुनौतीको पात्र रहेको बताए ।
फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेस श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।