काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीलाई देउवा सरकारले बार्डको अध्यक्षमा नियुक्त गरेको छ । विकिपिडियाका अनुसार भुवन केसी २३ अगस्ट १९५७ मा काठमाडौंमा जन्मिएका हुन् । उनले अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेका छन्। उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।