काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङ बुबा बनेका छन् । सामाजिक सञ्जालमार्फत् इण्डियन आइडल सिजन–३ का विजेतासमेत रहेका तामाङले आफू बुबा बनेको जानकारी गराएका हुन् ।
‘गोर्खा पल्टन’फेम अभिनेता तामाङले छोरीको नामसहित सम्पूर्ण शुभचिन्तकहरुलाई अटुट साथ र मायाको लागि धन्यवाद दिएका छन् । प्रशान्त र पत्नी मार्था एलीले आफ्नो पहिलो सन्तान छोरीको नाम आरिया राखेका छन् ।
सञ्जालमा स्टाट्स लेख्दै अभिनेता तामाङले छोरी आरियालाई स्वागत भनेका छन्, ‘मेरी सानी राजकुमारी आरियालाई यस सुन्दर संसारमा स्वागत छ ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।