काठमाडौं । पछिल्लो समय अभिनेता विजय देवरकोंडा र अनन्या पाण्डे आफ्नो आगामी फिल्म ‘लाइगर’ को प्रमोशनमा व्यस्त छन् । दुवै जनाले ठाउँ–ठाउँमा फिल्मको प्रचार–प्रसार गरिरहेका छन् । यसै फिल्मबाट विजयले बलिउडमा आफ्नो करियर सुरु गर्न लागेका हुन् ।
यसरी फिल्मको प्रचार–प्रसारका क्रममा अभिनेता विजय देवरकोंडा भने सामान्य चप्पलमा देखिने गरेका छन् । उक्त चप्पलको मूल्य हजारौंमा छैन । १९९ रुपैयाँको चप्पल लगाएर विजय देवरकोंडा आफ्नो आगामी फिल्मको प्रमोशन गरिरहेका छन् ।
विजय देवरकोंडा र अनन्या पाण्डेको फिल्म ‘लाइगर’ यही महिना २५ अगस्टमा रिलिज हुँदैछ । विजय र अनन्या फिल्मको प्रचार–प्रसारमा निकै व्यस्त छन् । तर, यो प्रमोशनमा विजय देवरकोंडाको चप्पल चर्चामा आएको छ । जब उनी पहिलो पटक एक कार्यक्रममा चप्पलमा देखिएका थिए, त्यहि समयदेखि रणवीर सिंहको ध्यान त्यतातिर गएको थियो ।
त्यसपछि उनको १९९ रुपैयाँको चप्पलले सबैको ध्यान तानेको छ । विजय अहिले हरेक कार्यक्रममा सोही चप्पलमा देखिदै आएका छन् । विजयले चप्पल लगाउनुको कारण बाहिर आएको छ । विजय देवरकोन्डा प्रायः टी–शर्ट, चप्पल र सामान्य प्यान्ट वा जोगरमा आफ्नो प्रचारमा देखिदै आएका छन् । जहाँ अनन्या निकै हट देखिएकी छिन् भने विजय एकदमै रिलेक्स लुकमा देखिएका छन् ।
पिंकभिलाको एक रिपोर्टका अनुसार विजयको स्टाइलिस्ट हरमन कौरले विजयले जानाजानी यस्तो गरेको बताएका छन् किनभने उनले प्रचारमा आफ्नो लुकलाई फिल्मको क्यारेक्टर जस्तै राख्न चाहन्छन् । हरमनले प्रमोशनल लुकका लागि विजयले विशेष गरी यी चप्पलहरू अर्डर गरेको बताए ।
विजय देवराकोंडाको फ्यान बेस लगातार बढिरहेका छन् । करण जोहरको च्याट शो ’कफी विथ करण’ मा देखा परेपछि मानिसहरू विजयको बारेमा जान्न उत्सुक भएका छन् । सारा अली खान र जान्हवी कपूरले पनि विजयप्रति क्रस रहेको स्पष्ट पारेका छन् ।
यति मात्र नभई अभिनेत्री अनन्या पाण्डेले यो पनि खुलासा गरेकी छन् कि उनी विजयसँग लाइन हिट गरिरहेकी छन् । विजय देवरकोंडाकी रुमी गर्लफ्रेन्ड रश्मिका पनि छिट्टै बलिउडमा डेब्यू गर्न लागेकी छन् ।
तर, करण जोहरले अभिनेतालाई विजय र रश्मिकाबीचको सम्बन्धबारे पनि प्रश्न गरेका छन् । यो प्रश्नको जवाफमा उनले सुरुमा उनीसँग दुईवटा फिल्म गरेको बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।