काठमाडौं । गायिका बियोन्सेको नयाँ गीतमा प्रयोग भएको ‘स्पाज’ शब्द विवादित भएपछि शब्द सम्पादन गरिने भएको छ ।
पपस्टार बियोन्सेले सातौं स्टुडियो एल्बम ‘रेनासाँ’ गएको साता सार्वजनिक गरेका थिए । उनको उक्त गीतमा प्रयोग भएको शब्द ‘स्पाज’लाई लिएर विश्वभरका श्रोताहरु नकारात्मक टिप्पणी गरेका थिए । साथै उक्त शब्दप्रति धेरैले आपत्तिा जनाएका छन् ।
गीतमा भनिएको छ, ‘स्पाजिङ अन द्याट एस, स्पाज अन द्याट एस।’
यस शब्दको अर्थ चिकित्सा क्षेत्रमा आफ्ना मांसपेशी, विशेषगरी हात र खुट्टामा नियन्त्रण गर्न गाह्रो भएका मानिसलाई जनाउछ । सोही कारणले उनको गीतमा प्रयोग भएको सो शब्दले विवादित बनाएको हो ।
संसार भरका स्रोताहरुले उक्त स्पाज शब्दप्रति आपत्ति जनाएपछि बियोन्सेको टीमले एक जारी विज्ञप्तिमा जारी गर्दै उक्त शब्दको हटाइने जानकारी दिएको छ ।
सो विज्ञप्तिमा उक्त शब्द नियोजित तवरले प्रयोग नगरिएको पनि स्पष्ट पारिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।