काठमाडौं । अर्थर गनले संसारभर छरिएका नेपालीमार्फत् आफूले नेपाली संगीतलाई प्रवद्र्धन गर्न चाहेको बताएका छन् । बिहीबार आफ्नो पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सन् २०२० को अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनले यस्तो बताएका हुन् ।
सबै देशमा रहेका नेपालीहरुले नेपाली संगीत सुनेर फाइदा लिने र यसबाट नेपाली गीतको प्रवद्र्धन हुने उनको भनाइ छ । यसका साथै उनले आफूलाई भोटिङ गरेर आइडल प्रतिस्पर्धाको फाइनलमा र्पुयाउने नेपाली फ्यानलाई उनले ‘न्यानो नमस्कार’ भनेका छन् ।
उनले भनेका छन्, ‘सबै नेपाली दाजुभाई–दिदीबहिनलाई न्यानो नमस्कार । म खुसी छु ।’ उनले करिब एक महिना नेपाल रहँदा सांस्कृतिक र पर्यटकीय गतिविधिमा पनि सक्रिय हुने बताए ।
अमेरिकी आइडलपछि पहिलोपटक नेपाल आइपुगेका उनले कन्सर्ट गर्न लाग्दा आफू उत्साहित भएको सुनाए । काठमाडौं, चितवन, पोखरा, बुटवल, बिर्तामोड, धरान र कीर्तिपुरमा उनको इन्डोर कन्सर्ट हुँदैछ । पहिलो कन्सर्ट शनिबार दरबारमार्गको प्लाटिनम लाउन्जमा हुनेछ ।
यसका साथै आयोजक ब्रेनसर्भिसिङले कन्सर्टमार्फत पर्यटन र संस्कृति प्रवद्र्धन हुने आशा लिएको छ । तस्वीर : महेश्वर के.सी.,
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।