काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध जनसांस्कृतिक महासंघ समाजवादीको घटक संगठन जनपक्षीय चलचित्रकर्मी संघको केन्द्रीय समिति गठन भएको छ । विहीबार आयोजित एक कार्यक्रममार्फत् उद्धव अविदितको अध्यक्षतामा संघको केन्द्रीय समिति गठन भएको हो ।
त्यस्तै उपाध्यक्षमा शम्भू गौतम र टेकबहादुर लामा छिरिङ तथा महासचिवमा रामशरण कोइराला र सचिवमा दिनेश श्रेष्ठ चयन भएका छन् । यता कोषाध्यक्षमा सुभाष गौतम र सहकोषाध्यक्षमा नम्रता पौडेल चयन भएका छन् ।
त्यस्तै कमिटीका सदस्यहरूमा रामचन्द्र अधिकारी, हिउँबाला गौतम, रेशम फिरिरी, युवराज राई, निस्तेज निरौला, जेनिशा केसी, कुमार श्रेष्ठ, पुण्य ओझा, प्रदीप कक्षपति, राजुसिंह शाही, पारस कुमार अधिकारी, हरि अधिकारी, विदुर राना, विनयराज पौडेल, गोपी सापकोटा, जगतबहादुर ब्लुन, कृष्ण रसाल, सुदीप श्रेष्ठ, किरण दाहाल, दिनेशसिंह ठकुरी, किरणराज थापा, दीपकसिंह साउद, दिनेशसिंह ठकुरी, सन्देश बराइली, राज घिमिरे, गंगाबहादुर मगर, रविन्द्र खडका र शिव न्यौपाने रहेका छन् ।
नवनिर्वाचित केन्द्रीय समितिलाई नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघ समाजवादीका ईन्चार्ज उदय श्रेष्ठले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा उपस्थित जननिर्वाचित केन्द्रीय समितिलाई महासंघका अध्यक्ष कृपाराम शर्मा धमला, उपाध्यक्ष नारायण परिश्रमी, उपाध्यक्ष डा. पुष्करराज भट्ट एवं ललितकला मञ्चका अध्यक्ष दिपेशमान सिंह प्रधानले शुभकामना दिएका थिए ।
कार्यक्रममा जनसंगीत मञ्चका अध्यक्ष नवीन पौडेलको पनि उपस्थिति थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।