काठमाडौं । बलिउड अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अभिनेता गोविन्दाले दर्शकलहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए । उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि बताए ।
कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताए । उनले कलाकारहरुले व्यापार,व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारकाक धनदाता मातापिता उद्योगी, व्यपारीहरु भएको बताए ।
उनले भने, ‘दर्शकलहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्छ । नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस् । नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो । जो काम हामी गर्छौं त्यो काम मानिसले याद गर्ने किसिमको होस् । कला संसारको अभिन्न अंग हो । नयाँ विचारहरुले भरिएको हुन्छ । कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ । पैसा भएर पनि पहिचान हुँदैन । तर कला यस्तो चिज हो जसले दुवै दिन्छ ।’
भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा नेपाल आएका हन् । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।