काठमाडौँ । लोकप्रिय सारंगी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा बस्ने नेपालीहरु झुमेका छन् । गायक, गीतकार तथा संगीतकारसमेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो ।
गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको विशेष उपस्थितिमा रसाइलीको एकल साँझको आयोजना गरिएको हो । मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको त्यही क्रममा सारङ्गी साँझको आयोजना गरिएको हो ।
हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसकेका छन् भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका गायक तथा सारङ्गीबादक रसाइलीको कार्यक्रम हेर्न ठूलो संख्यामा बेलायतमा रहेका नेपालीहरु पुगेका थिए ।
काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ, पराइ ठानेपछि, लगायतका दर्जनबढी हिट गीतका सर्जक समेत रहेका रसाइलीले लाई सारङ्गी साँझमा गीता पाइजा, बिमला श्रीसले साथ दिएका थिए ।
उनलाई वाद्यवादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।