काठमाडौं । साउथ अभिनेत्री अमला पालले निर्देशक मणिरत्नमको फिल्मको प्रस्ताव अस्वीकार गरेकी थिइन् । अभिनेत्रीले निर्देशक मणिरत्नको आगामी म्याग्नम ओपस फिल्म ‘पोनियिन सेल्भान’ मा काम गर्न किन अस्वीकार गरिन् ? भन्नेबारे खुलासा गरेका छन् ।
एक अन्तर्वार्तामा अभिनेत्री अमलाले फिखल्म अस्वीकार गर्नुको कारण खुलासा गरेकी हुन् । अमलाका अनुसार उनलाई उक्त फिल्मको अफर त्यतिबेला आएको थियो जतिबेला उनी सो काम गर्न मानसिक रुपमा तयार थिएनन् । साथमा उनले फिल्म छाडेकोमा आफूलाई कुनै पछुतो नभएको पनि बताएकी छन् ।
यसबारे कुरा गर्दै अभिनेत्री अमलाले भनेकी छन्, ‘म यो गर्नको लागि सहि मानसिक अवस्थामा थिइनँ । त्यसैले मैले यसलाई अस्वीकार गर्नुपरेको थियो । यदि तपाईंले मलाई यो गर्न पछुताउनु भयो ? भन्नुभयो भने, म होइन भन्छु किनभने केही कुराहरू एकदम सही छन् । मलाई लाग्छ कि यो हामी कस्तो देखिन्छौं भन्ने बारे हो ।’
त्यस्तै अमलाले सोही अन्तर्वार्तामा आफू पनि मणिरत्नमको ठूलो फ्यान भएको बताएकी छन् । अमलाले यो फिल्मका लागि आफूले मणिरत्नमको अडिसन गरिसकेको पनि खुलासा गरिन् । तर, त्यतिबेला सो फिल्मको काम चलिरहेको थियो ।
त्यतिबेला उक्त फिल्मलाई लिएर आफू निकै उत्साहित भएको तर, केही कारणले काम सुरु हुन नसकेको अमलाले बताइन् । कल्कीको सिर्जनामा आधारित मणिरत्नमको फिल्म पोन्नियिन सेल्वान पार्ट–१ सेप्टेम्बर ३० बाट सिनेमाघरमा रिलिज हुँदैछ । यस फिल्ममा ऐश्वर्या राईका अलावा विक्रम, कार्ती, जयम रवि, त्रिशा, सरथ कुमार र ऐश्वर्या लक्ष्मी मुख्य भूमिकामा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।