काठमाडौं । आलिया भट्ट र रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ले यतिबेला बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मको राम्रो कमाई र सफलता देखेर अहिले निर्देशकले राहतको सास फेरिरहेका छन् । फिल्मको स्क्रिप्ट ढिलो भएपछि पनि आलिया र रणवीरको रोमान्सको झलक हेर्न फ्यानहरू थिएटरमा पुगेका छन् ।
उनीहरु दुवैको केमेस्ट्रीले देश र विश्वलाई नै हल्लाएको छ । योसँगै भिएफएक्समा आधारित यो फिल्मले हिन्दी सिनेमालाई नयाँ रुप दिएको छ । यो फिल्मले सप्ताहन्तमा धेरै कमाइ गरेको छ ।
अहिले फिल्मले भारतमा मात्रै २२०.७३ करोड कमाएको छ । अर्कोतर्फ सोमबार ब्रह्मास्त्रको कमाईमा स्पीड ब्रेकर भएको छ । ब्रह्मास्त्रको ११औं दिनको कमाई १०औं दिन भन्दा कम थियो ।
ब्रह्मास्त्रले कुन दिन कति कमायो ?
पहिलो दिनः ३६.४२ करोड
दोस्रो दिनः ४२.४१ करोड
तेस्रो दिनः ४५.६६ करोड
चौथो दिनः १६.५ करोड
पाँचौं दिनः १२.६८ करोड
छैटौं दिनः १०.५८ करोड
सातौं दिनः ९.२ करोड
आठौं दिनः १०.६ करोड
९औं दिनः १५.३८ करोड
१०औं दिनः १६.३० करोड
‘ब्रह्मास्त्र’को ११ औं दिनको बक्स अफिस कलेक्शन
दशौं दिन अर्थात आइतबारको कुरा गर्दा फिल्मले बक्स अफिसमा १६.३० करोडको व्यापार गरेको थियो । जबकि ११ औं दिन फिल्मको कमाईमा भारी गिरावट आएको छ । सोमबार ११ औं दिन फिल्मले ४.८० करोड मात्रै कमाएको थियो ।
यो अहिलेसम्मकै न्यून सङ्कलन हो । तर, उल्लेखनीय कुरा के छ भने यो फिल्म सेप्टेम्बर ९ मा रिलिज भएको थियो र त्यसयता चर्चाको विषय बनेको छ । फिल्ममा आलिया रणवीरका अलावा अमिताभ बच्चन, नागार्जुन र मौनी रोय पनि देखिएका छन् । फिल्ममा शाहरुख र दीपिकाको क्यामियो रोल रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।