काठमाडौं । गायिका रचना रिमालले टिकटक चलाउँदैमा इज्जत नजाने बताएकी छन् । सोमबार कास्कीको पोखरास्थित हलनचोकमा आयोजित वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ अभिनित ‘महापुरुष’को प्रचार–प्रसार कार्यक्रममा आफ्नो प्रस्तुतीपछि गायिका रिमालले यस्तो बताएकी हुन् ।
पोखराको उक्त कार्यक्रममा कमेडियन विकास अर्यालले टिकटक सेलिब्रेटीहरुको रोस्ट गरेका थिए । कार्यक्रममा कमेडियन अर्यालले गायिका रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै व्यंग्यसमेत गरेका थिए ।
अर्यालको आफू लक्षित सोही ब्यङ्ग्यलाई लिएर गायिका रिमालले रुँदै स्टेजबाट बाहिरिएकी थिइन् । उनले उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने उल्लेख गर्दै स्टेजबाट रुदै बाहिरिएकी थिइन् ।
आफ्नो प्रस्तुतीको कारण गायिका रिमालले चित्त दुखेपछि कमेडियन अर्यालले आम माफीसमेत मागेका थिए । उक्त कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिहं बानिया, कमेडियन सुमन कार्की, विकास अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाललगायतको पनि सहभागिता थियो ।
मनोरजनात्मक हिसाबले फिल्मको प्रचार–प्रसार गर्न निर्माण पक्षले मोफसल टुर गरिरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।