काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको फिल्म ‘दुई नम्बरी’ले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । कमेडी तथा सोसल ड्रामा ‘दुई नम्बरी’ले घरेलु बक्स अफिसमा १२ दिनमा नै ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको हो ।
पहिलो साता साढे चार करोड बढी बक्सअफिस कलेक्शन गरेको फिल्मले दोस्रो सप्तामा स्थिर गतिमा कलेक्शन गरिरहेको छ । निर्माण पक्षका अनुसार पहिलो साताको तुलनामा दोस्रो साताको विकडेजमा अकुपेन्सी केही घटेपनि फिल्मले उत्कृष्ट कमाइ गरिरहेको छ ।
निर्माण टिमका अनुसार अब दर्शकले बुधबारदेखि ‘दुई नम्बरी’मा केही नयाँ ध्वनि र दृश्य देख्न सक्नेछन् भने फिल्मको लम्बाइ २ घण्टा ७ मिनेटबाट घटेर २ घण्टा २ मिनेटमा सीमित भएको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यस फिल्ममा दया र सौगातका अलवा उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेनलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।