काठमाडौं । सेन्सर बोर्ड गैरजिम्मेवार र नीतिप्रति भ्रष्ट भएको भन्दै विभिन्न कलाकारहरुले प्रश्न उठाएका छन् ।
सेन्सर बोर्डले कुनै पनि चलचित्र हलमा लाग्नु अघि उक्त चलचित्रले समामाजिक, धार्मिक साम्प्रादायिक तथा मुलुकको संवेदनशीलतालाई मध्यनजर गरि विषयवस्तु, पात्र र चरित्रको चौतर्फी अध्यायन गर्दछ । तर सेन्सर गैरजिम्मेवारीपन एवं नीतिगत प्रावधान भन्दा बाहिर गएको भन्दै कलाकारहरुले नै प्रश्न उठाउन थालेका हुन् ।
बिहीबार न्यूज २४ टेलिभिजनको सिधाकुरा जनतासँगले सेन्सर बोर्डमा स्टिङ अप्रेशन गर्दा त्यहाँ कर्मचारी मात्रै थिएनन् । बलिउड चलचित्र (हिन्दी) को सेन्सरिङ बिहीबार राति भइरहेको थियो । उक्त समय बोर्डका कर्मचारीका परिवारका सदस्य र आफन्त समेत उपस्थित थिए । जबकी कानून अनुसार सेन्सरका क्रममा कर्मचारीबाहेक अन्य बस्न पाउँदैनन ।
उक्त भिडियो सामग्री न्यूज २४ प्रशारण गरेपछि यातिबेला चलचित्र जगत तातिएको छ ।
सोही विषयमा नायक निश्चिल बस्नेतले सेन्सरका क्रममा पदाधिकारीहरु बाहेक अरुकसैलाई फिल्म सेन्सर हुदा राखिने छैन भनिएता पनि उक्त नियम लागू नगरिएको भन्दै आक्रोश पोखेका छन् ।
उनले २०१२ मा चलचित्र लुट पनि सेन्सर हुँदा सपरिवार बच्चा बच्चीसंगै राखेर पदाघिकारीहरुले सेन्सर गरेको खुलाएका छन् । यद्यपि अधिकारीहरुले भने नीतिको दुरुपयोग नभएको भनि आफूलाई भाषण दिएको उल्लेख गरेका छन् ।
नायक बस्नेतले भनेका छन्
‘वाह, चलचित्र सेन्सर बोर्ड, वाह । सन्चार मन्त्रालयमा भएको छलफल , निर्णय झलझल याद आयो । पदाधिकारीहरु बाहेक अरुकसैलाई फिल्म सेन्सर हुदा राखिने छैन भन्नुभएको ।
२०१२ मा लुट सेन्सरहुदा सपरिवार बच्चा बच्चीसंगै राखेर पदाघिकारीहरुले सेन्सर गर्नु भएको थियो। अनि मलाई भाषण दिनुभएको थियो ।
२०२२ मा पनि उचाई सेन्सर गर्न सपरिवार नै बस्नुभएछ । नियम जाओस टुकुचामा ।
अब हेर्नुछ मलाई को कोस्को जागीर जान्छ कि , स्पस्टिकरण मागेर छोडिनेछ ।
सन्चार मन्त्रालयले आफ्ना पदाधिकारी, सेन्सर बोर्ड र चलचित्र बिकास बोर्डलाई कडा कार्वाही गर्छकी गर्दैन ?
जुन जोगी आएपनि कान चिरिएका…दुईटै कान ।’
त्यस्तै चलचित्र निर्देशक तथा अभिनेत दीपक राजगिरीले पनि सेन्सरको ग्रैरजिम्मेवारीपना प्रति बिरोध जनाएका छन् ।
उनले समाजिक संजाल फेसबुकमा एक स्टाटसको रिप्लाई दिँदै व्यक्तिको नभइ चरित्रको बिरोध गर्नु पर्ने जनाएका छन् ।
‘हाम्रा क्षेत्रमा रहेका हरेक प्रकारका बिकृतिहरुबिरुद्ध यसै गरी आबाज उठाउन ज़रूरी छ । ब्यक्तिको होइन प्रबृतीको बिरोध गरौँ,’ उनले भनेका छन् ।
त्यस्तै गरी सोही पोष्टमा निर्देशक शन्तोष सेनले पनि दीपक राजगिरीको भनाइमा समर्थन गर्दै सहि र सत्य मान्छेको बिचार सफा र स्वच्छ बनाउन सबैले आफ्नो ठाउँबाट उत्कृष्ट भूमिका खेल्न आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘सहि मान्छेको सत्य बिचार सफा र स्वच्छ बनाउन सबैले आफ्नो ठॉउ बाट उत्कृष्ट भूमिका खेलौँ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।