विराटनगर। रोनक फेसन ऐजेन्सीद्वारा आयोजित कार्यक्रम ‘मिस्टर एण्ड मिस पूर्वाञ्चल’ समापन भएको छ । कार्यक्रमको पुरुषतर्फको विजयी रमन्नाथ गिरी र महिलातर्फको विजयी स्वस्तिका खरेल भएका छन् ।
विजयीले ३१ हजार नगद पुरस्कार, एक वर्ष क्लासीकटेकको निशुल्क इन्टरनेट सेवा, ए.बी ड्राइभिङ्ग स्कुलबाट निशुल्क ड्राइभिङ्ग तालिमलगायत गिफ्ट हयाम्पर्स प्राप्त गरेको आर.एफ.ए नेपालका संयोजक रौनक अग्रवालले जानकारी गराए ।
यस्तै पुरुष तर्फ फस्ट रनर अप शुशील राण, र सेकेण्ड रनर अफ दिलिपराज राजवंशी भएका छन् । महिला तर्फबाट फस्ट रनर अप पूणिमा शेर्पा, र सेकेण्ड सुमिरन भएकी छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का प्रदेशसभा सदस्य केदार कार्की रहेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।