काठमाडौं । ‘टिभी फिल्मी’ नयाँ स्वरुपमा आएको छ । ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘टिभी फिल्मी’बाट ‘नारी टिभी’ मा परिवर्तन भएको हो ।
यस टिभीले महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरुका प्रेरणादायी कथाहरु देखाउनेलगायतका कार्यक्रम प्रशारण गर्नेछ । १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्दै आएको ‘टिभी फिल्मी’ सबै नेपाली दर्शकसामू परिचित नाम हो।
अब यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै विशेष प्राथमिकतामा राखिने छ। नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन्। साथै, यी कार्यहरूमा पुरुषहरुले सघाउने अपेक्षा लिइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।