काठमाडौं । छोराको बुवा बनेपनि आफूलाई अविवाहित बताउँदै आएका गायक राजेशपायल राईले प्रेमिका साङ्गबुङ राईसँग वडा कार्यालयमा गई विवाह दर्ता गरेका छन् ।
सार्वजनिक भएको विवाह दर्ता पत्रअनुसार गएको मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा दुवैले औपचारिक रुपमा विवाह दर्ता गरेका हुन् ।
विवाह दर्तामा उनीहरुले २०७८ भदौ १ गते सामाजिक परम्पराअनुसार विवाह गरेका छन् । यसबारे बाहिर कसैलाई थाहा नदिइए पनि उनीहरुको एक सन्तान पनि रहेको छ ।
गायक राजेशपायलले विवाहबारे मिडियासँग कुनै प्रतिक्रिया नदिए पनि वडामा दर्ता भएको प्रमाण पत्रले उनीहरुको विवाह र सन्तान भइसकेको स्पष्ट देखाउँछ ।
विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका साङ्गबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ । विवाह दर्तामा राजेशपायलको नागरिकता नम्बर रहेको छ भने साङ्गबुङले भने नागरिकता लिएको देखिँदैन ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।